घैंटे कांग्रेस नेता केसी श्रीमतीको ब्यवसायी पार्टनर… (हेरौँ भिडियो)

काठमाण्डु टुडे २०७२ भदौ ४ गते १४:१० मा प्रकाशित

बिहीबार गुण्डा नाइके कुमार श्रेष्ठ घैंटे मारिएको विषयमा न्यूज २४ ले लिएको एक अन्तर्वार्तामा घैंटेको विषयमा एउटा खुलासा भएको छ । नेपाली कांग्रेसका नेता तथा सभासद जगदिसनरसिंह केसीसँग कार्यक्रमका संचालक विकास थपलियाले कुराकानी गरे । त्यसै क्रममा संचालकले घैंटेले गजुरमूखी निर्माणसेवाको नामबाट ठेक्कापट्ट गर्ने र सो सेवाको पार्टनर केसीकी श्रीमती ज्योती केसी रहेको प्रमाण पेस गरेपछि उनले कुरा मोडेका थिए । संचालक थपलियाले पटक–पटक सो कुरा उठाउँदा पनि केसीले त्यस विषयमा प्रवेश नै गरेनन् । हेरौँ केसीसँगको अन्तर्वार्ता ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us