विमलको ह्याट्रिकमा नेपालको सानादार जित

काठमाण्डु टुडे २०७२ भदौ ३ गते १८:५४ मा प्रकाशित

काठमाण्डु, ३ भदौ– पहिलो साफ यु–१९ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी शुरुवात गरेको छ । बिहीबार सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–१ गोलले पराजित गरेपछि उसले विजयी यात्राको सुरुवात गरेको हो ।

khel-final-fial3

ललितपुरको सातदोबाटास्थित एन्फा कम्प्लेक्समा जारी खेलमा कप्तान विमल घर्तीमगरले ह्याट्रिक गर्न सफल भए । सोही क्रममा भुटानका तर्फबाट सोनाम तोग्बेले एक सान्त्वना गोल गरेका थिए । विमलले खेलको १०औं, २९ औं र ६२ औं मिनेटमा गोल गर्दै नेपाललाई उत्कृष्ट जित दिलाएका हुन् । खेलको ७३औं मिनेटमा नेपालले पाएको पेनाल्टीमा भने विमल गोल गर्नबाट चुकेका थिए ।

जितसँगै नेपालले ३ अंक जोडेको छ । नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, अफगानिस्तान, भुटान र माल्दिभ्स सहभागी छन् । नेपाल, भुटान र बंगलादेश समूह ‘ए’मा रहेका छन् भने समूह ‘बी’मा भारत, अफगानिस्तान र माल्दिभ्स रहेका छन् । दुबै समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । प्रतियोगिताको फाइनल भदौ १२ गते हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us