शून्य समयमा बोलेका विषय कार्यान्वयनका लागि संसदीय समिति गठनको माग

काठमाण्डु टुडे २०७२ भदौ ३ गते १४:२७ मा प्रकाशित

BICC-Nepalकाठमाण्डु, ३ भदौ –व्यवस्थापिका–संसद्को शून्य समयमा सांसदहरुले बोलेका कुरा कति कार्यान्वयन भए भन्ने अनुगमन गर्न एक संसदीय समिति गठनको माग बिहीबारको बैठकमा भयो ।

काठमाण्डु उपत्यकाको फोहर व्यवस्थापन गर्ने ओखरपौवाका जनताले उठान गरेका माग अहिलेसम्म पूरा नभएकोतर्फ उपत्यकाभित्रका नगरपालिकाको ध्यान आकृष्ट गर्दै उहाँहरुले उपत्यकामा सार्वजनिक स्थलमा आकाशेपुल निर्माण गर्न माग गर्नुभयो । कास्कीमा हालै गएको पहिरोबाट पीडित भएका जनतालाई क्षतिपूर्ति दिन पनि उनीहरुले सरकारसँग माग गरे ।

सांसदहरुले प्रदेश विभाजनप्रति असहमति राखी तराई मधेसमा गर्दै आएको आन्दोलनमा प्रहरी ज्यादती नगर्न र आन्दोलनकारीको मूल्य तोक्ने राजनीतिक दलका नेतामाथि कारबाही गर्न सदन र सरकारको ध्यान आकर्षण गराए ।

भूकम्पपीडित जनतालाई पुनःस्थापना गर्न नयाँ राहतका कार्यक्रम ल्याउनु पर्ने माग पनि उनीहरुले गरे ।

यसरी माग गर्नुहुने सांसदहरुमा सीता नेपाली, सीता गिरी ओली, सरस्वती बजिमिया, सकलदेव सुतिमिया, शेरबहादुर तामाङ, सुशीला नेपाल, शान्ता मानवी, श्यामकुमार श्रेष्ठ ९रामेछाप०, सीता लुइँटेल ज्ञवाली, सुरेन्द्र जैसवाल, श्रीमाया थकाली, हरिलाल ज्ञवाली, हितराज पाण्डे, ज्ञानेन्द्रबहादुर कार्की थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us