प्रहरीको गोलीबाट गुण्डा नाइके घैंटेको मृत्यु

काठमाण्डु टुडे २०७२ भदौ ३ गते १३:४२ मा प्रकाशित

kumar-ghaite
काठमाण्डु, ३ भदौ – काठमाण्ठुको सामाखुशी क्षेत्रमा सक्रिय रहेका गुण्डा नाइके कुमार घैंटेको प्रहरीको गोली लागेर मृत्यु भएको छ ।

बिहिबार बिहान साढे ११ बजे सामाखुसीको कपुरधारामा अपराध अनुसन्धान महाशाखाबाट खटेको प्रहरी टोलीले घैंटेलाई गोली प्रहार गरेको थियो ।

प्रहरीले भने घैंटेले आक्रमण गरेपछि प्रतिरक्षा गर्दा घाइते भएको भन्दै शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएको थियो । अस्पताल पुग्नासाथ चिकित्सकले घैंटेको मृत्यु भएको घोषणा गरेका थिए ।

प्रहरीले उनीमाथि एघार राउण्ड गोली प्रहार गरेको थियो । प्रतिकार गर्दा घैंटेको गोली भूइँमा लागेको प्रहरीले दावी गरेको छ ।

घैँटेको समूहले गोली हानेपछि जवाफी कारवाही गरिएको पनि प्रहरीले जनाएको छ ।

घटनामा तीन जना प्रहरी घाइते भएका थिए । घटनास्थलमा एउटा पेस्तोल र तीनवटा मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ ।

अवैध चन्दा असुली र गुन्डा गर्दीको आरोप लागेका घैंटेलाई प्रहरीले मोस्ट वान्टेट सूचीमा राखेको थियो ।

घैँटे कांग्रेस निकट मानिन्छन् । घैंटेको मृत्यु भएलगत्तै अस्पतालमा उनका समर्थकको भीड लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us