आज नाग पञ्चमी मनाइदैँ

काठमाण्डु टुडे २०७२ भदौ २ गते ८:०६ मा प्रकाशित

2010-08-13-NagPanchamiकाठमाण्डु, २ भदौ – श्रावण शुक्ल पञ्चमीका अवरमा आज नाग पञ्चमी मनाइदैँ छ । प्रत्येक वर्ष श्रावण शुक्लपञ्चमीका दिन नागपञ्चमीलाई पर्वका रुपमा लिँदै नागलाई देवताको रुपमा पूजा गर्ने प्रचलन छ ।

घरको मुलद्वारमा नागको चित्रमा दही, दुबो, लावासहित चन्दन, अक्षता, नैवेद, धुपदीप गरी विधिपूर्वक पूजा गर्ने चलन छ । यसरी घरघरमा नागका तस्वीर टाँस्नाले मेघ, सर्प, र अग्निको भय नहुने विश्वास छ ।

नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको पूजा आजको दिन गरिन्छ ।  नागपन्चमीका अवसरमा काठमाण्डु  नक्सालको नागपोखरी, कर्कोटक नागको बासस्थानको रूपमा परिचित काठमाण्डुकै टौदह, ललितपुर धापाखेलको नागदह, भक्तपुरको सिद्धपोखरी, पनौती लगायत  मन्दिरहरुमा पुजा गर्न भक्तजनहरु पुग्ने गर्दछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us