प्रदर्शनकारीले संवेदनशील अंगमा हानेपछि डिएसपी बेहोस्

काठमाण्डु टुडे २०७२ भदौ १ गते १७:२६ मा प्रकाशित

जुम्ला, १ भदौ– प्रदर्शनकारीलाई सम्झाउने क्रममा जुम्लामा डिएसपी रामभक्त घर्तीलाई प्रदर्शनकारीले उल्टै उनको संवेदनशील अंगमा प्रहार गरेका छन् । निषेधित क्षेत्र तोड्ने खोजेपछि घर्तीले सम्झाउन खोजेको र प्रदर्शनकारी नमानेर उनलाई नै आक्रमण गरेका हुन् ।

प्रदर्शनकारीले घर्तीको संवेदनशील अंगमा प्रहार गरेपछि उनी करिब ३० मिनेट बेहोस भएका थिए । चन्दननाथ नगरपालिका–१ दानसाँघुमा आन्दोलनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि उनले सम्झाउन खाज्दै थिए तर, उनीहरुले उल्टै हानिदिए ।

घर्तीको अंचल प्रहरी कार्यालयमा उपचारपछि उनको अवसथा सामान्य रहेको जुम्ला प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us