विद्युत प्राधिकरणको घाटा २६ अर्ब, माग बढेर विद्युत संकट

काठमाण्डु टुडे २०७२ भदौ १ गते १७:११ मा प्रकाशित

Bidhuit Pradhikaran
काठमाण्डु, १ भदौ – नेपाल विद्युत प्राधिकरणले अर्थिक २०७१/७२ मा छ अर्ब ५१ करोड ४० हजार रुपैयाँ घाटा बेहोरेको छ । प्राधिकरणले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्मको घाटा २६ अर्ब ७९ करोड ८६ लाख २० रुपैयाँ रहेको छ ।

चार वर्षअघि २७ अर्ब रुपैयाँ घाटामा रहेको प्राधिकरणलाई सरकारले अपलेखन गरेको थियो । चरम विद्युत अभाव, विद्युत् चुहावट तथा प्राविधिक समस्याका कारण प्राधिकरणको घाटा बढ्दै गएको हो ।

भारतबाट आयात गरिएको विद्युत खरिदको मूल्य र प्राधिकरणले वितरण गर्ने मूल्यको सन्तुलन मिल्न नसक्दा पनि प्राधिकरण घाटामा गएको हो ।

प्राधिकरणले आर्थिक वर्ष २०७१/७२ मा खुद आम्दानी भने ३० अर्ब ४८ करोड ३४ लाख ६० हजार रुपैयाँ गरेको छ ।

अत्याधिक विद्युत चुहावट नियन्त्रणमा बेवास्ता गरिनु, संस्थागत सुधारमा ध्यान नदिइनु तथा सस्तोमा विद्युत किनेर महँगोमा बेच्नु, लामो समयदेखि विद्युत महसुल नबढ्नु आदि कारणले घाटा बढेको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिए ।

माग बढेपनि आपूर्ति कम

प्रत्येक वर्ष एक सय मेगावाटको दरमा विद्युत माग बढ्दै गएको छ । मागअनुसार आपूर्ति हुन नसक्दा विद्युत भार कटौती बढ्दै जाने देखिएको छ ।

हाल मुलुकको एक हजार २ सय ९१ मेगावाट विद्युतको माग रहेको छ । तर, प्राधिकरणले ७०६ मेगावाट उत्पादन गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us