प्रिमियर लिगमा लिभरपुलको लगातार दोस्रो जित

काठमाण्डु टुडे २०७२ भदौ १ गते १२:५० मा प्रकाशित

liverpool
ऐजेन्सी– इंंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार दोस्रोजित दर्ता गराएको छ । सोमबार राति भएको खेलमा लिभरपुलले नवप्रवेशी बोर्नमाउथलाई १–० ले पराजित गरेको हो । उसका लागि क्रिष्टियन बेन्टेकेले गरेको गोल नै जितका लागि काफी रह्यो ।

एन्फिल्डमा भएको खेलमा लिभरपुलले २६ औं मिनेटमा बेन्टेकेको गोलबाट अग्रता लिएको थियो ।

फिलिप काउटिन्हो अफसाइड रहेको अवस्थामा भएको गोललाई रेफ्रीले मान्यता दिएपछि विवाद भएको थियो । जितसँगै लिभरपुलको ६ अंक भएको छ ।

 नवप्रवेशी बोर्नमाउथ पहिलो खेलमा एस्टनभिल्लासँग पराजित भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us