अधिराजकुमारीको सुसारेको सम्पत्ति ४ अर्ब ! पूर्वराजाले राख्न दिएको शंका

काठमाण्डु टुडे २०७२ भदौ १ गते ७:४८ मा प्रकाशित

Gyanendra-Komal-grकाठमाण्डु, १ भदौ– नेपालको पूर्वराजपरिवारको अथाह सम्पत्ति, जग्गा जमिनको एकिन विवरण अहिलेसम्म पनि पत्तो लगाउन नसकेको अवस्था छ । २०५८ मा परिवारै मारिएका तत्कालीन राजा स्व. बीरेन्द्र शाह र उनको परिवारको नामा भएको सम्पत्ति गणतन्त्र घोषणापछि नेपाल सरकारको नाममा आइसकेको छ । र नेपाल ट्रस्टको नाममा सीमित सम्पत्ति कायम गरिएको छ ।
नेपा ट्रस्टको नाममा सिमित सम्पत्ति पूर्वराजा र उनको परिवारले सुसारे र अरु विश्वासिला ब्यक्तिका नाममा लुकाएको आशंका गरिदै आएको छ । यसैक्रममा २०५२ जेठदेखि २०५९ सम्म तत्कालीन अधिराजकुमारी कोमल शाहको सुसारे बसेकी नन्दा मल्लका नाममा ४ अर्ब रुपैयाँको सम्पत्ति रहकोेले छानबिन गर्न माग गर्दै २०७२ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
–दृष्टि साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us