उपकुलपति भागबन्डाः एमालेले माग्यो तीन उपकुलपति

काठमाण्डु टुडे २०७२ साउन ३१ गते ७:०४ मा प्रकाशित

TU LoGOकाठमाण्डु, ३१ साउन– उपकुलपति सिफारिसमा सत्तासाझेदार कांग्रेस र एमालेबीच भागबन्डा विवाद भएको छ ।

२३ साउनदेखि सातवटा विश्वविद्यालय नेतृत्वविहीन भएका छन् । रिक्त उपकुलपति पदमा सिफारिस गर्न शिक्षामन्त्रीको  संयोजकत्वमा सातवटै विश्वविद्यालयका सभासद्सहितका समिति बनेका छन् । प्रधानमन्त्री  तथा कुलपति सुशील कोइरालाले २७ साउनसम्म नाम सिफारिस गर्न निर्देशन दिएका थिए । कांग्रेस र एमालेबीचको भागबन्डा विवादले नाम सिफारिस गर्न समस्या भएको स्रोतले बतायो ।

एमालेले त्रिविसहित तीन वटा उपकुलपति आफ्नो हुनुपर्ने दाबी गरेको थियो । तर, अहिले प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री एवं सहकुलपति कांग्रेसको भएकोले त्रिविको उपकुलपति कांग्रेसकै भागमा दिन एमाले तयार भएको स्रोतले बताएको छ ।  चार महिनापछि रिक्त हुने त्रिविका रेक्टर र रजिस्ट्रार भने आफूले पाउनुपर्ने एमालेको दाबी छ ।

– नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us