श्रीलंकासँग भारतको लज्जास्पद हार

काठमाण्डु टुडे २०७२ साउन ३० गते १६:५८ मा प्रकाशित

team-indiaएजेन्सी, ३० साउन-भारत श्रीलंकासँग पहिलो टेस्टमा ६३ रनले हारेको छ । यो जितसँगै श्रीलेकाले टेस्ट खेलको सिरिजमा १–० को अग्रता कायम गरेको छ ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले भारतका सामू १५३ रनको चुनौती दिएको थियो तर भारतले सबै विकेटको क्षतिमा जम्मा ११२ रन बनाउन सफल भएको थियो ।

बाया हातका स्पिनर रंगना हेराथले उत्कृष्ट बलिङ गर्दै ७ विकेट लिएपछि भारतीय खेलाडी होप्लेसजस्तै भएका थिए ।

भारतका लागि अजिन्क्या रहाणेले सर्वाधिक ३६ रन बनाए भने शिखर धवनले २८ र इशान्त शर्माले १० रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us