स्लामिक स्टेटका कमाण्डरले यी युवतीको ज्यान लिनु अघि आफ्नै यौनदासी बनाएका थिए

काठमाण्डु टुडे २०७२ साउन ३० गते १४:०१ मा प्रकाशित

2B5EEF4900000578-3198571-image-m-25_1439580419737एजेन्सी– चरमपन्थी संगठनका कमाण्डर अबु बकर अल–बगदादीले अमेरिकी एअरमा कार्यरत यी २६ वर्षीय युवतीको हत्या गर्नुअघि आफ्नै यौनदासी बनाएको खुलासा भएको छ ।
कायला मुलरका बाबुआमाले शुक्रबार आफ्नी छोरीलाई बगदादीले हत्या गर्नुअघि पटक पटक बलात्कार गरेको बताएका छन् । कायलासँगै बन्दी बनाइएका दुई किशोरीहरु भने केही समयअघि आइएसआइएसको कब्जाबाट छुटेका थिए । आइएसले गत फेब्रुअरी १० मा संयुक्त हवाई आक्रमणमा कायलाको मृत्यु भएको जनाएको छ ।

2B5EEF5800000578-3198571-image-a-26_1439580432494
स्लामिक स्टेट (आइएसआइएस)को कब्जाबाट छुटेका दुई युवतीले बगदादीले कायलालाई आफ्नो निजी सम्पत्ती भनेर उनीसँग यौन प्यास मेटाएको बयान दिएका थिए । अमेरिकी सेनाले कायलालाई उद्धार गर्न खोजिरहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us