पर्खालमा ‘कला र सौन्दर्य’ कोरियो

काठमाण्डु टुडे २०७२ साउन २९ गते १९:२० मा प्रकाशित

Kfvf{ndf snf M cIf/ ;d"x lrtjgsf] cfof]hgfdf lhlj; lrtjgsf] ;fj{hlgs kvf{ndf snf eb{} snfsf/ . k[i7e"lddf cGo snfsf/ snf sf]b{} . ;fj{hlgs kvf{ndf r]tgfd"ns snf eg{] cleofg lrtjgaf6 ;'? ePsf] 5 . tl:a/ M gf/fo0f 9'+ufgf, /Tggu/, lrtjg, /f;;

चितवन, २९ साउन-मध्याह्नको चर्को घाम । तरतरी पसिना चुहिएको छ । दश पन्ध्र जना कलाकार उक्त पर्खाल कोर्दैछन् । रङ्ग्याउँदै छन् । कला अनि सौन्दर्य भर्दैछन् । उनीहरुलाई घामको रापले झन् शीतलता प्रदान गरे झैँ देखिन्छ ।

 

जिविस चितवनको परिसर पर्खालमा शुक्रबार यस्तै यस्तै दृष्यले मनमोहक देखियो । हेर्ने दर्शक, कवि र कलाकार मोहित भए । कवि द्वारिका नेपाल भन्छन्, ‘यो सार्वजनिक पर्खालमा कला कोर्ने अभियान आफैँमा सुन्दर कार्यक्रम हो ।’

 

नजिकै गैँडाकोटकी कलाकार माया थापा मगर र आरके चन्द सुन्दर प्रकृतिको कला कोर्दै छन् । महिला र पुरुषको हातले पृथ्वीको अर्ध थेगेको छ । त्यसमाथि रुख छ । रुखको आधा भाग सुकेको र आधा भाग हरियाली देखिन्छ । जलवायु परिवर्तनलगायत कारणले प्रकृतिमा असर परिसकेको भए पनि विनाश भने भइनसकेको सन्देश यसले दिन्छ ।

 

हात हातमा पृथ्वी अर्थात् पृथ्वी र प्रकृतिलाई कस्तो बनाउने भन्ने कुरा हाम्रो हातमा छ भन्ने सन्देश दिन उक्त कला प्रस्तुत गरिएको मगर बताउनुहुन्छ । चन्द थप्छन्, ‘प्रकृतिको संरक्षण या विनाश के गर्ने भन्ने कुरा हाम्रै हातमा छ भन्ने सन्देश दिन खोजिएको हो ।’

 

नजिकै कलाकार डी बराल र प्रकाश थापा प्रथा चित्र कोर्नमा व्यस्त छन् । स्कुलमा चहलपहल छ । क्षितिजमा सुन्दर हिमाली सौन्दर्य देखिन्छ । विद्यालयको बाहिरी आवरणमा केही बालबालिका चिहाउँदै छन् । उनीहरु सडक बालबालिकाजस्ता देखिन्छन् ।

 

सो चित्रमार्फत सडक बालबालिकाको जीवन कथा देखाउन खोजिएको कलाकार प्रथाले खुलाए । साहित्यमा अब्बल रहँदै आएको चितवनको साहित्यकारहरुको समूह अक्षर समूहले पर्खालमा कला भर्ने अभियान शुक्रबारदेखि थालेको हो ।
चितवन र काठमाण्डुबाट आएका १५ कलाकार दिनभर जिविस चितवनको पर्खालमा कला कोर्नमा व्यस्त रहे । कलाकारलाई खान, बस्न र आतेजाते समूहले व्यहोरे पनि कला भने कलाकारकै अमूल्य योगदान भएको भूपिनले बताए ।

 

मुख्य गरी महिला हिंसाविरुद्ध, बालअधिकार, प्रकृति र संस्कृति संरक्षण एवम् सीमान्तकृत समुदायको आवाज बुलन्द पार्न कला भर्न थालिएको उनले बताए । शुक्रबार सर्लाहीका रिक्सा चालक राजेन्द्र सिंहले चित्र कोरेर कला भर्ने अभियान सुरु गरिएको थियो ।

 

अक्षर समूहका कविहरुले विदेशका विभिन्न क्षेत्रमा देखेको अनुभवलाई चितवनमा पहिलो पटक व्यवहारमा उतारेका हुन् । यो सौन्दर्य प्रदान, जनचेतना, कलाको विकास र सफा सहर बनाउने अभियान हो । सुरुआतमा चितवनमा आज र शुक्राबार उक्त काम गरिने छ । दुईवर्षे अभियानअन्तर्गत पोखरा, दमक र धवलागिरि क्षेत्रमा पनि माग बढेको समूहले जनाएको छ । विदेशमा बस्ने नेपालीले कार्यक्रमलाई सहयोग गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us