टर्कीमा आईएसका विरुद्ध हवाई र स्थल कारबाही जारी

काठमाण्डु टुडे २०७२ साउन २९ गते १७:३७ मा प्रकाशित

turkey
आङ्कारा, २९ साउन-पछिल्लो समयमा  इस्लामिक स्टेट, आइएसका लडाकूहरुको पक्राउ अभियानलाई व्यापक बनाइएको समाचार छ ।

 

टर्कीका अधिकारीहरुले अङ्कराका साथै विभिन्न बजार क्षेत्रमा उनीहरुको उपस्थिति बढेको भन्दै हवाई कारबाहीका साथै पक्राउ अभियान सुरु गरेको बताएका छन् ।

 

प्रहरीले बिहीबार राजधानी आङ्कारा र दक्षिणी टर्कीबाट इस्लामिक स्टे्ट (आईएस) का ३० जना लडाकू पक्राउ गरेको छ ।

 

टर्कीमा पछिल्लो समयमा सुरक्षा निकायहरूले आईएसका विरुद्धमा खोजी अभियान सुरु गरेको जनाएको थियो । दक्षिणी टर्कीको मेर्सिन प्रान्तमा प्रहरीले एक दर्जनभन्दा बढी संदिग्ध आईएस सदस्य पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

टर्कीको निजी समाचार समिति डोगानले सो जानकारी दिएको छ । आङ्काराको हसिबाइरम जिल्लामा कयौँ घरमा छापा मार्दा ती आईएसका सदस्यहरू पक्राउ परेका बताइएको छ ।
गत हप्ता सिरियाको सीमा रहेको दक्षिण–पश्चिमी टर्कीमा संदिग्ध आईएस लडाकूले गराएको आत्मघाती आक्रमणमा कयौँ व्यक्तिको मृत्यु भएको थियो ।

 

टर्की प्रहरीले आईएसविरुद्ध गत शुक्रबारबाट सुरु गरेको कारबाहीको क्रममा ६०० भन्दा बढी आईएस सदस्य पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

 

गत बिहीबार पनि सिरियाको सीमा क्षेत्र दक्षिणी टर्कीमा भएको बन्दुक आक्रमणमा एक टर्केली सेनाको मृत्यु भएको थियो । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us