राजनीति जोगाउन नेताहरुले मध्यपश्चिममामा रङ बदले

काठमाण्डु टुडे २०७२ साउन २९ गते १२:५७ मा प्रकाशित

6काठमाण्डु, २९ साउन– अखण्ड मध्यपश्चिमको माग राख्दै स्वतस्फूर्तरुपमा आन्दोलन चर्किएपछि त्यस क्षेत्रका नेताहरुले आफ्नो र पार्टीको मान्यता विपरीत आन्दोलनलाई समर्थन गर्न थालेका छन् ।

मध्यपश्चिममा पर्ने बाँके र बर्दिया प्रदेश नम्बर ५ मा पारिएको छ । उता कर्णाली र सुदूरपश्चिमलाई एकै ठाउँमा राखेर ६ नम्बर प्रदेश बनाइएको छ । यहि सीमांकनमा चित्त बुझाएर समर्थन जनाएका नेताहरु अहिले अखण्ड मध्यपश्चिम हुन पर्छ भन्ने थालेका छन् ।

नेपाली कांग्रेसका पूर्णबहादुर खड्का, नेकपा एमालेका यामलाल कँडेल, एमाओवादीका नरबहादुर विष्टलगायत नेताहरुसँग मध्यपश्चिमका जनताहरुको आक्रोश चुलिएको छ । यी मध्ये पूर्णबहादुर खड्का संविधानसभा अन्तर्गतको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति मातहतको उपसमितिका संयोजक हुन् । संविधानसभामा बसेर मध्यपश्चिम टुक्रायाउँने, अनि जिल्लाका कार्यकर्तालाई मध्यपश्चिमको आन्दोलन नछाड्न निर्देशन दिने भन्दै खड्काविरुद्ध आक्रोश चुलिएको हो । त्यही आक्रोशका कारण सुर्खेतस्थित खड्कोको घरमा जनताले तोडफोड गरेका थिए । सोक्रममा गोली लागेर मृत्यु हुनेको संख्या चार पुगेको छ ।

akhandaमध्यपश्चिमलाई प्रदेश नम्बर छ मा पार्ने वा अखण्ड राख्ने दुवै एमाओवादीको पुरानो मान्यताविपरीत हो । तर अहिले सो क्षेत्रका चल्तीका नेता नरबहादुर विष्ट सुर्खेत आन्दोलनको अग्रपंक्तिमा रहेर अखण्ड मध्यपश्चिमको आन्दोलनमा सक्रिय छन् ।

एमालेका पोलिटब्यूरो सदस्य यामलाल कँडेल पनि यहि आन्दोलनमा सहभागी छन् । अखण्ड मध्यपश्चिम न कहिल्यै एमालेको माग थियो, न अहिले एमालेले धारणा परिवर्तन नै गरेको छ । तर उनी पनि अखण्ड मध्यपश्चिमको आन्दोलनमा छन् ।

अखण्डको माग राख्दै आन्दोलन चर्के पछि जनताबाट टाढिँने डरले नेताहरुले सबै त्यागेर रङ परिवर्तन गर्न थालेका छन् ।
स्थलगत रिपोर्टिङका लागि सुर्खेत पुगेका काठमाण्डुका पत्रकार निरजराज जोशी भन्छन्,‘ पार्टीको एजेन्डा र नेताको एजेन्डा यहाँ फरक देखिएको छ । शाख जोगाउनकै लागि नेताहरु आन्दोलनमा क्रियाशिल भएजस्तो देखिन्छ ।’

सुर्खेतका जनताले प्रान्तीय राजधानी सुर्खेत हुनुपर्ने माग पनि गरेका छन् । आन्दोलन सुरु भएको पाँच दिन भइसकेको छ । पछिल्लो दुई दिनेको आन्दोलन शान्तिपूर्ण छ । स्वतस्फूर्तरुपमा उठेको आन्दोलनलाई हाल दलहरुले नेतृत्व गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us