जनताको बिरोध आउनु स्वभाविकः प्रचण्ड

काठमाण्डु टुडे २०७२ साउन २८ गते १३:२८ मा प्रकाशित

prachanda
काठमाण्डु, २८ साउन– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विगतमा बाटो बिराएपनि १६ बुँदे सहमति गरेर दलहरु संविधान निर्माणको पुरानै बाटोमा आएको बताएका छन् ।

बिहिबार व्यवस्थापिका संसदलाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले विगतमा विभिन्न कारणले बाटो बिराएर संविधान निर्माणको काम पूरा गर्न नसकेपनि १६ बुँदेले संविधान निर्माणको अन्तिम चरणमा पुगेको बताए ।

उनले प्रमुख चार दलले गरेको १६ बुँदे सहमतिबाट मुलुक संविधान निर्माणको अन्तिम चरणमा पुगेकाले दल र आम जनताबीच नयाँ तरंग उत्पन्न भएको दावी गरे ।

मुलुकले नयाँ मोड लिएकाले विगत ८ वर्षदेखि राजनीतिक भुमरीमा परेकाले जनतामा संविधान नबन्ने हो कि भन्ने छटपटी बढ्नु स्वभाविक भएको प्रचण्डको भनाई थियो ।

प्रचण्डले भने, ‘हामीले १६ बुँदे सहमति गरयौं । यो साहस वा दुस्साहस थियो इतिहासले नै बताउँछ ।’

उनले जनताले गरेका विरोध स्वभाविक भएकाले नेतत्वले सहज रुपमाा स्वीकार गरेर अघि बढ्नुपर्ने धारणा राखे ।

प्रचण्डले भने, ‘हामी राजनीतिक पुननिर्माण नवनिर्माणको बहसमा छौं, त्यसका विषयमा आउने विरोध, प्रतिकृया स्वभाविक छन् ।’
उनले दलहरुले सहमति गरीसकेपछि संझौताबाट पछि हट्न नहुनेसमेत स्पष्ट पारे ।

प्रचण्डले विभिन्न विरोध चएपछि आवश्यक्ता अनुसार परिमार्जन गर्ने ठाउँ भएकाले समझदारीलाई अघि बढाउनु दलहरुको कर्तव्य रहेको दावी गरे ।

उनले विगतमा पनि विभिन्न तत्वले जनताका चाहनालाई रोक्न खोजपनि संविधान जारी गर्न कसैले रोक्न नसक्ने स्पष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us