झडपमा ३९ सिरियाली सैनिकको मृत्यु

काठमाण्डु टुडे २०७२ साउन २८ गते १३:१० मा प्रकाशित

siriya
दमासकस, २८ साउन-सिरियाको उत्तरी प्रान्त आलेपोमा एक हवाई शिवीरनजिकै सिरियाली सैनिक र इस्लामिक स्टेट (आइएस)लडाकूबीच भएको एक झडपको क्रममा कम्तीमा ३९ सिरियाली सैनिकको मृत्यु भएको समाचार छ । एक मानवअधिकारीवादी समूहले जानकारी दिएको छ ।
उत्तरी आलेपो प्रान्तमा रहेको सो हवाई शिवीरनजिकै गत आइतबारदेखि नै सुरु भएको यस झडपमा परी ३१ जना अधिकृतसहित ३९ सैनिकको सदस्यको मृत्यु भएको द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ ।
बेलायतसँग आवद्ध मानवअधिकारवादी समूहका अनुसार केही दिनयता नै जारी रहेको यस झडपको क्रममा ३३ जना आइएस लडाकूको समेत मृत्यु भएको छ । सो हवाई शिवीर करिब २ हजार सैनिकको सहभागीतामा सञ्चालन हुदै आएको बताइएको छ ।
सो शिविरमा रहेको सैनिक सदस्यले विद्रोहीको प्रभाव रहेको इलाकालगायत आइएस लडाकूलाई पनि लक्ष्यगरी युद्धकविमान आक्रमण गर्दै आएको बताइएको छ ।

 

सिरियामा सन् २०११ को मार्चबाट सरकारको विरुद्ध सुरु भएको द्वन्द्वमा परी हालसम्म दुई लाख ४० हजार व्यक्तिको ज्यान गइसकेको छ ।

त्यसैगरी जारी द्वन्द्वको कारण लाखौं व्यक्ति घाइते हुनुको साथै देशभित्र र छिमेकी देशमा शरणार्थी बन्न पुगेका छन । रासस रसिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us