शक्तिशाली बिस्फोटमा ४७ जनाको मृत्यु

काठमाण्डु टुडे २०७२ साउन २७ गते १२:२० मा प्रकाशित

Nigeria
एजेन्सी, २७ साउन –नाइजेरियाको बोर्नो प्रान्तमा भएको शक्तिशाली बिस्फोटमा ४७ जनाको मृत्यु भएको छ ।

बोर्नो प्रान्तको साबोन गारी नगरमा भएको सो विस्फोटमा ५० जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

स्थानीय समयअनुसार मंगलबार दिउँसो भएको गराइएको बिस्फोटका कारण आसपासका धेरै घर ध्वस्त भएका छन् भने दर्जनौं सवारी साधनमा क्षति पुगेको छ ।

आतंकवादी समूह बोको हराम सक्रिय रहेको प्रान्तमा भएको बिस्फोट सोही समूहले गराएको हुन सक्ने नाइजेरियाली सेनाको दाबी छ ।

यद्यपी बोको हरामले भने घटनाका बारेमा कुनै प्रतिक्रिया जनाएको बिबिसीले जनाएको छ ।

बियु जनरल अस्पतालकी एक नर्सलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएअनुसार बिस्फोटमा मारिएका ४७ जनाको शव अस्पतालमा ल्याइएको छ भने ५० भन्दा बढी घाइते छन् ।

घाइतेको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्ने अनुमान समाचार संस्थाहरुले गरेका छन् । मोहमद बुहारीले राष्ट्रपति पद सम्हाले यता हिंसात्मक घटनामा ८ सय जनाको ज्यान गइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us