आँधीका कारण चीनमा २६ को मृत्यु, सात बेपत्ता

काठमाण्डु टुडे २०७२ साउन २७ गते ११:४७ मा प्रकाशित

tufanचीन, २७ साउन– चीनमा शनिबारदेखि आएको सोडलर नामक आँधीका कारण मृत्यु हुनेको संख्या २६ पुगेको पूर्वी चीनको झेझियाङ प्रान्तको सरकारले जनाएको छ । आँधीमा अहिलसम्म सात जना बेपत्ता भएको समचारमा जनाइएको छ ।

आँधीका कारण फुजिआन र वरिपरिका ईलाकामा पाँच लाख ९ सय नागरिकलाई सुरक्षित स्थलमा सारिएको छ ।करिब ३८ घण्टा लामो आँघीले फु्झाओ सहर र वरिपरीका इलाकामा ठूलो क्षति पु¥याएको छ । बाढी तथा डुबानका कारण करिब ६ हजार ९०० घर डुबानमा परेका साथै करिब एक लाख १२ हजार हेक्टरमा लगाइएको बालीमा क्षति भएको छ । यसबाट एक अर्ब ५० करोड अमेरिकी डलरको क्षति भएको समाचारमा जनाइएको छ ।

चीन सरकारले तूफानको खतरा भएका क्षेत्रका करिब १० हजार मानिसलाई आँधी आउनु पूर्व नै सुरक्षित स्थानतर्फ लगिसकेको थियो ।चीन सरकारले सम्भावित आँधीको खतरा देखाउँदै आफ्ना नागरिकलाई सुरक्षित स्थलमा रहिरहन एक हप्ता अघि देखिनै सजग गराइरहेको थियो । माछा मार्न समुद्री इलाकामा गएका माझीहरूलाई पनि शुक्रबार बिहानसम्म बेन्झाओ सहर नजिकको बन्दरगाह फर्किन सचेत गरेको थियो । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us