३४ वर्षअघि विजय गच्छदारबाट खोसेको रिभल्वर बल्खुमा फेला पर्‍यो

काठमाण्डु टुडे २०७२ साउन २७ गते ७:३६ मा प्रकाशित

rivalabarकाठमाण्डु, २७ साउन–एमालेको बल्खुस्थित चर्किएको कार्यालयबाट महत्वपूर्ण कागजपत्र सुरक्षित रुपमा  निकाल्न खटिएको सशस्त्र प्रहरी टोलीलाई त्यस्ता वस्तु फेला पर्छ भन्ने कल्पनै थिएन ।

तर पाँचतले भवनको माथिललो तलामा राखिएको एउटा बाकस खोलदा उनीहरुले जे भेटे, त्यसपछि भने हल्लीखल्ली नभइरहन सकेन । एउटा पुरानो बाकस खोल्दा त्यहाँ सशस्त्रले दुई थान हतियार भेट्टायो । एउटा पेस्तोल थियो भने अर्कोे रिभल्वर । खोलेर हेर्दा खिया लागिसकेकोले चल्न सक्ने अवस्थामा थिएन । तर पनि प्रहरीको ध्यान हतियारमा जानु स्वभाविक हो । केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले  पनि हतियार कसरी त्यहाँ पुगे थाह पाउन सकेनन् । सशस्त्रले हतियार फेला पारेपछि छाड्ने कुरा पनि भएन । बरु, बुझिलिएको कागज तयार पारेर सशस्त्रले दुवै हतियार लगेपछि सुरु भयो हतियारको पुरानो कहानी ।

खोज्दै जाँदा पत्ता लाग्यो– दुई मध्ये रिभल्वर चाहिँ पूर्वगृहमन्त्री विजयकुमार गच्छदारको रहेको पत्ता लाग्यो भने पेस्तोल चाहिँ पूर्वसांसद हरिनारायण चौधरीको रहेछ ।
घटना ३४ वर्ष अघिको रहेछ । २०३७ सालमा विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचनका क्रममा उठेको विवाद २०३८ साल मंसिरमा विदार्थी नेता फणिन्द्र तिमिल्सेनाको हत्यासम्म पुगेको थियो । नेविसंघको तर्फबाट स्ववियु निर्वाचन जितेको घोषणा गरेका गच्छदारले त्यस दिन क्याम्पसको क्यान्टिननेरबाट चलाएको गोलीबाट फणिन्द्र ठहरै भएका थिए ।

पछि जम्मा एका अखिलका विद्यार्थीले घेरा हालेर गच्छदार र अर्को नेता हरिनारायण चौधरीको हातबाट पेस्तोल खोसेका थिए । तिनै हतियार हालै बल्खुमा फेला परेको रहेछ ।
–बुधबार साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us