बसमा ई–कार्ड अब चाँडै

काठमाण्डु टुडे २०७२ साउन २७ गते ७:०८ मा प्रकाशित

Sajha-Yatayatकाठमाण्डु, २७ साउन – नेपालमा पहिलोपटक ई–कार्डसहितको शहरी बससेवा सञ्चालन हुने भएको छ । नेपाल बैंकसँग सम्झौता गरी सो बस सञ्चालन गर्न लागिएको हो ।
दुई वर्षअघिदेखि सञ्चालनमा आएको साझा बसमा सो प्रणली लागू गर्न लागिएको हो । साझा यातायातमा सहकारी संस्था लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितले एक दुई हप्ताभित्रै ई–कार्डबाट बससेवा सञ्चालन हुने जानकारी दिए  ।

ई–कार्ड भएपछि यात्रुले प्रत्यक्ष रुपमा रकम तिर्नुपर्दैन । मेसिनभित्र कार्ड छिराएपछि रकम काटिने र ढोका खुल्ने व्यवस्था हुनेछ ।
नेपाल समाचारपत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us