बुहारीलाई कलेज अनिवार्य गर्ने यो गाउँ

काठमाण्डु टुडे २०७२ साउन २७ गते ६:५६ मा प्रकाशित

collegeझापा, २७ साउन– प्रायः नेपाली समाज तथा घरपरिवारमा बुहारीलाई पढ्न पठाउनुपर्छ भन्ने प्रचलन कमै छ । तर झापाको गोल्धाप गाविसका बुहारीलाई क्याम्पस पढ्न जानुपर्छ भनेर पति तथा सासूससुराले नै प्रोत्साहन गर्ने गरेका छन् ।

त्यहाँका कलेजले समेत गोल्धापस्थित जनजागृति क्याम्पसले अहिलेसम्म त्यस्ता ५० भन्दा बढी बुहारीहरुलाई स्नातकतहसम्म पढाइसकेको छ ।
‘मेरो छोरा जब कक्षा ९ मा पुग्यो, तब मलाई ग्लानि हुन थाल्यो उसलाई पढाउन सक्दिन भनेर’ जलथल झापाकी होमा नेउपाने खरेलले भनिन्,‘त्यसपछि मैले पनि उच्च शिक्षा लिन कलेज जान्छु भनेर जिद्दी गर्न थालेँ । पहिला त श्रीमानले फेल हुन्छेस् भनेर मान्नुभएन । तर मैले पास गरेर देखाउँछु भनेपछि सासूससुराले पनि कलेज गएर पढ्ने अनुमति दिनुभयो ।’ होमाले अहिले स्नातक तह तेस्रो वर्षको परीक्षा दिएकी छन् । अहिले होमाजस्ता धेरे बुहारीहरुले कलेज शिक्षा लिइरहेका छन् । गोल्धापका बुहारीहरु कलेज जानु यस क्षेत्रका लागि सामान्य विषय बन्न थालेको छ ।
–अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us