विदेशीने युवाहरुले हेमसागरबाट सिक्नैपर्छ यो काम !

काठमाण्डु टुडे २०७२ साउन २६ गते १७:४० मा प्रकाशित

milk

ताप्लेजुङ, २६ साउन-ताप्लेजुङ नगरपालिकाका एक किसानले दूध बेचेरै मासिक ३० हजारसम्म आम्दानी लिने गरेका छन् ।

 

ताप्लेजुङ नगरपालिका– १ केनिमका किसान हेमसागर भट्टराईले आफ्नै घरमा उत्पादित तथा गाउँबाट सङ्कलन गरेको दूध सदरमुकाम ल्याएर बिक्री गरी आम्दानी लिन सफल भएका हुन् ।
पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने नेपाली युवाको धारणालाई गलत सावित गर्दै आएका उनले १० रोपनी जग्गामा घुम्ती तरकारीखेतीसमेत गर्दै आएका छन् ।

 

सोही तरकारीखेतीबाट मासिक २० हजारभन्दा बढी आम्दानी हुने गरेको उनी बताउँछन् । एउटा मात्र व्यवसायमा उनको मन थामिन नसकेपछि भट्टराईले फुङ्लिङका विभिन्न स्थानमा कुटानी पिसानी मिलसमेत सञ्चालन गरेर आम्दानी र व्यवसायलाई फराकिलो बनाएका छन् । उनले स्थानीय जनतालाई काममा लगाएर रोजगारी समेत प्रदान गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us