कर्णालीलाई उपेक्षा गरे जनयुद्ध गर्ने चेतावनी !

काठमाण्डु टुडे २०७२ साउन २६ गते १६:३९ मा प्रकाशित

काठमाण्डु, २६ साउन– कर्णालीलाई सुदूरपश्चिममा राखिएको विरोध उत्रिएका कर्णालीका राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरुले कर्णालीलाई अधिकार नदिई उपेक्षा गरिए तेस्रो जनआन्दोलन र दोस्रो जनयुद्धको नेतृत्व गर्ने चेतावनी दिएका छन ।

karnali
कर्णाली जनअधिकार मञ्चले राज्यको पुर्नसंरचना र प्रदेश नम्बर ६ को खारेजीको प्रश्न विषयका अन्र्तक्रियामा मञ्चका अध्यक्ष प्रकाश रोकायले संविधानसभा अध्यक्षलाई आफूहरुले मस्यौदाले गरेको उपेक्षाको विषयमा ज्ञापन पत्र बुझाएर जानकारी दिएको उल्लेख गर्दै त्यसलाई बेवास्त गरे संविधान जलाउने चेतावनी दिए ।

उनले भने, ‘होस गर्नुस, कर्णालीलाई उपेक्षा गरेर त्यसले जलाऊ छ । हामीलाई उपेक्षा गरेर हामी बन्दुक उठाउन पनि तयार छौं । हिजो जनयुद्धमा बम पड्काएको हो, भोलि फेरि गोली हान्न नपरोस् ।’

युवा संघ नेपालका सचिव हस्त शाहीले ६ प्रदेशले पछि परेको कर्णालीमाथि खेलवाड गरेको आरोप लगाउँदै अहिलेको संघीयता मध्यपश्चिमले अस्विकार गरिसकेकोले कर्णालीलाई सुगमता हुने गरी वा कम्तिमा पनि कर्णालीका जिल्लालाई नटुक्राउने गरी संघीयता निर्माण गर्नुपर्ने बताए ।

यद्यपि उनले अहिले संघीयता विरोधहरु सल्बलाई रहेकोले त्यसतर्फ सचेत हुनसमेत आग्रह गरे ।

कार्यक्रममा ऋषि धमला, कमल खत्री, डा. कलबहादुर रोकाय, विष्णुराज बम, केवी रोकाय लगायतका वक्ताहरुले कर्णालीलाई उपेक्षा नगर्न अनुरोध गर्दै अधिकार जसरी पनि लिई छाड्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us