संयुक्त राष्ट्रसंघद्वारा टर्की आक्रमणको निन्दा

काठमाण्डु टुडे २०७२ साउन २६ गते १५:१९ मा प्रकाशित

united nations building in nyc and flag poles

संयुक्त राष्ट्रसङ्घ, २६ साउन-संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले सोमबार टर्कीमा भएको शृङ्खलावद्ध आक्रमणको निन्दा गरेका छन् । महासचिवका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा सो जानकारी दिइएको छ ।

 

टर्कीको सहर इस्तानबुल, दक्षिणपूर्वी प्रान्त र इस्तानबुलमा रहेको अमेरिकी राजदूतावासमा समेत आक्रमण भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

 

यस हिंसाप्रति महासचिव मुनद्वाररा गहिरो चिन्ता व्यक्त गरिएको जनाइएको छ । महासचिव मुनले यस हिंसामा ज्यान गुमाउने व्यक्तिका परिवार टर्की सरकार र जनताप्रति पनि गहिरो समवेदना प्रकट गरेका छन् ।

 

सञ्चारमाध्यमका अनुसार इस्ताबुलमा भएको कारबम विस्फोटमा परी एक प्रहरी अधिकृतको मृत्यु भएको छ ।

 

त्यसैगरी, सिर्नाक प्रान्तमा सडककिनारमा रहेको बम विस्फोट हुँदा चार प्रहरी अधिकारीको मृत्यु भएको जनाइएको छ । यसैबीच, इस्ताबुलमा रहेको राजदूतावासमा पनि आक्रमणकारीद्वारा आक्रमण गरेको बताइएको छ । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us