थाइल्याण्डका राजा भूमिबोलको स्वास्थ्यमा गम्भीर समस्या

काठमाण्डु टुडे २०७२ साउन २६ गते १४:२९ मा प्रकाशित

thai king
बैंकक, २६ साउन-विगत लामो समयदेखि अस्पतालमै रहेर उपचार गराइरहेका थाइल्याण्डका राजा भूमिबोल अद्युल्यादेजको स्वास्थ्यमा थप समस्या देखिएको बताइएको छ ।

 

प्रायः कमैमात्र प्रेस विज्ञप्ति प्रकाशन गर्ने गरेको थाइल्याण्डको राजपरिवारले मङ्गलबार विज्ञप्ति प्रकाशन गरेर सो बारेमा जानकारी गराएको हो ।

 

थाई राजदरबारले प्रकाशन गरेको विज्ञप्तिमा उनको दिमागमा पानी जमेको र त्यसको उपचार जारी रहेको जानकारी दिएको हो ।

 

साथै उनको छातीमा पनि सङ्क्रमण भएको अस्पताल स्रोतलाई उद्धृत गर्दै राजदरबारद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

 

उनी निकै लामो समयदेखि उपचाररत् रहेका छन् । उपचारका क्रममा रहेका राजाको स्वास्थ्यको बारेमा लामो समयदेखि चासो राखिएको थियो ।

 

नागरिकले राजाको स्वास्थ्यका बारेमा राखेको चासोकाबीच राजदरबारले मङ्गलबार सो विज्ञप्ति प्रकाशन गरेको हो ।
विश्वको लामो राजतन्त्रका रुपमा परिचित ८७ वर्षीय राजा भूमिबोललाई गएको मे महिनामा पुनः अस्पताल भर्ना गरिएको हो । उनले त्यसअघि पनि लामो समयदेखि उपचार गराउँदै आएका छन् ।

 

बैंककको सिरिराज अस्पतालमा उनलाई भर्ना गरिएको छ । यसअघि पनि उनले विगतदेखि नै उपचार गराउँदै आएका छन् ।

 

उक्त विज्ञप्तिमा चिकित्सकहरुले उनको दिमागमा भरिएको पानीको मात्रा घटाउने काम गरिरेहका र पहिलाको तुलनामा अहिले पानीको मात्रा घटेको पनि बताइएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us