उपकुलपतिका लागि चाकरी गर्न जानेहरुका कारण बालुवाटार भिडभाड

काठमाण्डु टुडे २०७२ साउन २६ गते ६:५९ मा प्रकाशित

baluwatarकाठमाण्डु, २६ साउन– प्रधानमन्त्री सुशील कोइरालाको बालुवाटारस्थित सरकारी निवास अचेल बिहानैदेखि भिडभाड देखिन्छ ।

त्यो भिडमा अघिपछि देखिने राजनीतिक अनुहार भने खासै देखिन्नन् । मुलुकका सातवटै विश्वविद्यालयमा उपकुलपति पद खाली भएपछि आफूलाई त्यस निम्ति योग्य दावी गर्नं प्राध्यापकहरु प्रधानमन्त्री निवास धाइरहेका छन् ।

सोमबार बिहान पनि बालुवाटारमा सातवटै विश्वविद्यालयमा उपकुलपति दाबी गर्दै सम्बन्धित विश्वविद्यालयका प्राध्यापक पुगेका थिए । साउन २२ बाट त्रिभुवन विश्वविद्यालय, पोखरा, पूर्वाञ्चल, नेपाल संस्कृत, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र कृषि तथा वन विज्ञान गरी सातै विश्वविद्यालयमा उपकुलपतिको दाबी गर्दै प्राध्यापक नेता बालुवाटार पुगेर प्रधानमन्त्रीलाई दबाब दिँदै गरेको समावेशी महिला प्राध्यापक समाजकी अध्यक्ष राधा शर्माले बताइन् ।
– नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us