२०–२० लाख लिएर भ्रष्टहरुलाई हाकिम बनाइयो

काठमाण्डु टुडे २०७२ साउन २५ गते ७:०७ मा प्रकाशित

nepal-oil-corporation_20111211092235काठमाण्डु, २५ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौं हिनामिना गरेको ठहर गर्दै असुल उपर गर्न निर्देशन दिएका कर्मचारीसँग घुस लिएर तिनीहरुलाई नै पुनः महत्वपूर्ण डिपोको प्रमुख बनाएर पठाएपछि नेपाल आयल निगमका कर्मचारीहरु आक्रोसित भएर अख्तियारमा उजुरी दिन पुगेका छन् ।

मन्त्री सुनिलबहादुर थापाको आडभरोसामा निगममा कार्यकारी निर्देशक भएका गोपाल खड्का र निमित्त निर्देशक मुकुन्द घिमिरेबाट भएको भ्रष्टाचार र मनपरीतन्त्र छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको बुझिएको छ ।

आइतबार अख्तियारमा परेको उजुरीमा कार्यकारी निर्देशक गोपाल खड्का र नौ तहका मुकुन्द घिमिरेले अधिकारको दुरुपयोग, अनियमित काम र भ्रष्टाचार गरेकोले निजहरुको बारेमा छानविन गर्न माग गरिएको छ । उजुरीमा जनाइएअनुसार,‘निगममा अमलेखगञ्ज काण्डले चिनिएका भ्रष्ट कर्मचारीहरु दिनेश यादव र श्रीचन्द्र श्रेष्ठबाट जनही बीस बीस लाखको दरले रकम लिएर क्रमशः भैरहवा र नेपालगञ्ज डिपोको प्रमुख बनाइएको छ । यी तिनै व्यक्ति हुन् जसले अमलेखगञ्ज डिपोमा अनियमितता गरी १ करोड ९२ लाख भन्दा बढी नोक्सानी पुर्याएका थिए । उनीहरुबाट सो रकम असूल्न अख्तियारले निर्देशन पनि दिएको छ ।’
–साँघु साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us