‘बलात्कारी साधु’लाई प्रहरीको संरक्षण

काठमाण्डु टुडे २०७२ साउन २४ गते ७:२७ मा प्रकाशित

balatkarसर्लाही, २४ साउन– सर्लाहीमा प्रहरीले नै बलात्कार आरोपितलाई संरक्षण गरेको छ । भवानीपुरमा सुस्त मनस्थितिकी महिलालाई बलात्कार गर्ने एक ‘पैसावास साधु’लाई प्रहरीले जोगाएको हो । प्रहरी उपरीक्षक केदार ढकालको पनि बलात्कारी जोगाउने काममा ‘सहयोगी भूमिका’ देखिएको छ ।

हरकठ्वामा रहेको इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक मोहमद मुस्तफाले नै आरोपितलाई प्रत्यक्ष रुपमा जोगाएका छन् । करणी गरेको आरोप लागेका भवानीपुर–८ भोला साहलाई प्रहरीले जोगाएको मात्रै छैन, पीडितलाई थप पीडा दिँदा पनि प्रहरी आफै रमिते बन्ने गरेको छ । ‘पीडित महिला घरमा रोएर बसेकी छिन् । आत्महत्या गर्छु भन्छिन् तर पनि प्रहरीले बेवास्ता गर्दै बलात्कारीलाई भगाएको छ’, स्थानीय एक सामाजिक कार्यकर्ताले दाबी गरे, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय संस्था आएर हेरुन्, बलात्कृत महिलाको पीडा भयावह छ ।’ एक साता पहिलेको घटना भए पनि प्रहरीले पीडित महिलाको स्वास्थ्य परिक्षण गर्ने समयसमेत गुजारिदिएको छ ।
– नेपाल समाचारपत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us