अफगानिस्तान विश्वकपबाट टाटा–बाईबाई, न्यूजिल्याण्ड सुपर एटमा

काठमाण्डु टुडे २०७१ फागुन २४ गते ५:३९ मा प्रकाशित

एजेन्सी– न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सुपर एटमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा न्यूजिल्याण्डले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै सुपर एटमा प्रवेश गरेको हो ।उता एशोसिएट राष्ट्र अफगानिस्तान समूह चरणबाटै बाहिरिएको छ ।

afghanistan-team cricket
अफगानिस्तानले प्रस्तुत गरेको १८७ रनको सामान्य लक्ष्य न्यूजिल्याण्डले ३६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । न्यूजिल्याण्डका लागि मार्टिन गुप्टिलले ५७ रन बनाए । आक्रमक पारी खेलका ब्रान्डन म्याकुलमले १९ बलमा ६ चौका र एक छक्कासहित ४२ रन बनाए ।

अफगानिस्तानकाअ सापुर जादरानले दुई तथा मोहम्मद नाबीले एक विकेट लिए । टस जितेर व्याटिङ रोजेको अफगानिस्तानले ४७.४ ओभरमा सबै विकेट गुमाएर १८६ रन बनाएको थियो ।

५९ रन बनाउँदा ६ विकेट गुमाएको अफगानिस्तानका समिउल्लाह सेनवारी र नाजिवुल्लाह जादरानले ८६ रनको साझेदारी गरे । जादरानले ५६ र सेनवारी ५४ रनमा आउट भए ।
न्यूजिल्याण्डका भिट्टोरीले ४ र टेन्ट बोल्टले ३ विकेट लिए । जितपछि न्यूजिल्याण्डको ५ खेलबाट १० अंक भएको छ भने चार खेल गुमाएको अफगानले एक मात्र जित निकालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us