माधव नेपालले कसरी उडाए प्रचण्डको खिल्ली ?

काठमाण्डु टुडे २०७१ फागुन २३ गते ८:५९ मा प्रकाशित

madhav kumar nepalकाठमाण्डु, २३ फागुन– नेताहरुवीचको सम्वन्ध पनि ज्यादै अनौठो हुुन्छ । पछिल्ला केही दिन यता एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपालको निकै हिमचिम बढेजस्तो देखिएको छ । तर जति हिमचिम बढेजस्तो दखिए पनि ठाऊ पाउँदा एकले अर्काको खिल्ली उडाउन नेताहरु नै पछि पर्दा रहेनछन् ।

शनिवार एउटा कार्यक्रममा नेता नेपालले प्रचण्डको खिल्ली उडाएर आफ्ना समर्थितहरुको ताली खाए । एमाले निकट कानुन व्यवसायीहरुको उपत्यकास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले एमाओवादी अध्यक्ष प्रचण्डले आफू असुरक्षित छु भनेर दिएको अभिव्यक्तिको खिल्ली उडाएका हुन् ।

नेता नेपालले भने, प्रचण्डलाई एकाएक आफू असुरक्षित छु भन्ने खवर कहाँवाट आयो ? फेसबुकवाट आयो कि भाईबरवाट आयो कि हुलाकवाट आयो ?’ उक्त अभिव्यक्ति पछि प्रधानमन्त्री सुशिल कोइराला र आफूले गृहमन्त्री बामदेव गौतमलाई भेटेर कुरा गर्न भनेको पनि नेपालले बताए ।

नेपालले नेपालमा पनि भारतको राजधानी नयाँ दिल्लीमा जस्तै केजरीवाल जन्मन सक्ने पनि बताए । दिल्लीमा अरवीन्द केजरीवालले ३ सीट पनि जित्दैनन् भन्थे भन्दै नेपालले भने,‘कहाँवाट आयो त्यत्रो जनमत ?’ नेपालमा पनि समयमै संविधान नबने ठूला भनिएका दलहरुको हालत दिल्लीकै जस्तो हुने नेपालले चेतावनी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us