भुसालले भने, ‘ओलीका टुक्काको के उत्तर दिनु ?’

काठमाण्डु टुडे २०७१ फागुन २३ गते ७:२८ मा प्रकाशित

Ghanashyam_Bhusal_20111219085749काठमाण्डु, २३  फागुन–एमाले उपमहासचिव घनश्याम भुसालले आफ्नै पार्टीका अध्यक्ष केपी ओलीका भनाई र टुक्काहरुको जवाफ दिँदै नहिड्ने बताएका छन् ।

मंगलबारको स्थायी कमिटी बैठकमा केन्द्रिय सदस्यहरुको मनोनयनप्रति असन्तुष्टी जनाउँदै भुसालले लेखेको नोट अफ डिसेन्टप्रति इंगित गर्दै बिहीवार ओलीले ‘कुनामा बसेर कसै–कसैले पिडा पोखेको’ बताएका थिए ।
त्यत्तिमात्र होइन ओलीले भुसाल लगायतका असन्तुष्ट नेताप्रति लक्षित गर्दै अप्रेशन गर्दा पनि नभेटिने चित्त नदुखाउन आग्रह गरेका थिए । ओलीले त तपाईलाई कुनामा बसेर कुष्ठा व्यक्त नगर्नु भनेका छन् नि ? भन्ने काठमाण्डु टुडे डटकमको प्रश्नमा भुसालले भने, ’क–कसले के–के भन्दै हिड्छन्, सबैको उत्तर दिइरहनु पर्दैन । बाटोमा गाडीले हर्न किन बजायो वा चरा किन करायो ? भन्ने प्रश्नको पनि उत्तर हुन्छ र ?’

पार्टी निकट बुद्धिजीवि संगठनको कार्यक्रमा भाग लिन म्यागी पुगेका भुसालले टेलिफोन सम्पर्कमा अध्यक्ष ओलीका भनाईको खण्डन गर्न मानेनन् । उनले भने, ‘ म त्यस्ता कुरा खण्डन गर्दै हिड्दिन, आफूले पनि खण्डन गर्ने भए, उहाँ र म मा के अन्तर रह्यो र ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us