कास्कीकोटबाट पोखरा आउँदै गरेको बस दुर्घटना, पाँचको मृत्यु, ५० बढी घाइते

काठमाण्डु टुडे २०७१ फागुन २२ गते ६:०१ मा प्रकाशित

पोखरा, २२ फागुन– कास्कीकोटको मुन्टेचौरबाट पोखरातर्फ आइरहेको ग१ख ४८४९ नं.को बस शुक्रबार बिहान सराङ्कोटको गोठादीमा दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु हुनाका साथै ५० भन्दा बढी घाइते भएका छन् ।

बस ब्रेक फेल भई करिब १५० मिटर तल खोल्सामा खसेको थियो । मृतकको नामथर भने खुल्न नसकेको जिल्ला प्रहरी कास्कीले जनाएको छ । घाइतेको पोखराका मनिपाल शिक्षण अस्पताल, साहारा अस्पताल र चरक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । मृतकको मध्ये दिवस तिमिल्सिनाको मात्र सनाखत भएको र अन्यको अहिलेसम्म सनाखत हुन नसकेको कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिए ।

घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us