होली भन्ने बित्तिकै मनपरि गर्नुपर्छ र ? (फोटो फिचर)

काठमाण्डु टुडे २०७१ फागुन २१ गते १२:३८ मा प्रकाशित

काठमाण्डु– उपत्यकासहित पहाडी क्षेत्रममा बिहीबार होली पर्व मनाइयो ।

रङहरुको पर्व भएका कारण होलीमा रङको प्रयोग हुने नै भयो । तर यसपालि पनि होलीमा प्लाष्टिकको लोलामा पानी भरेर बटुवामाथि प्रहार भएको HOLI (1) HOLI (2) HOLI (3) HOLI (4) HOLI (5) HOLI (6) HOLI (7) HOLI (8) HOLI (9) HOLI (10) HOLI (11) HOLI (12) HOLI (13) HOLI (14)पाइयो ।

प्रहरीले इच्छाविपरीत जथाभावी लोला वा रङ र इनामेल दल्नेमाथि कारबाही गर्ने चेतावनी दिए पनि यसपटकसमेत त्यही क्रमले निरन्तरता पायो । यद्यपि होलीका नाममा हुने विक्रिती अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष कम देखियो ।

राजधानीका टुँडिखेल र वसन्तपुरलगायत क्षेत्रमा बाक्लो संख्यामा युवायुवती जम्मा भएर सामूहिक रुपमा होली खेले । कलाकारले गीत गाए । सबै रमाएर नाचे । तुलनात्मक रुपमा यो पटकको होली सभ्य र शालीन भए पनि केही असुहाउँदा दृश्य देखिए ।

सडकमा युवायुवतीले उत्ताउला हाउभाउ, व्यवहार र पोशाक प्रदर्शन गरे । कतिपयका शरीरमा कपडै थिएनन् ।

कतिपय अर्धनग्न अवस्थामा थिए । संस्कृतिको निरन्तरताका नाममा मौलिकता छायाँमा पार्ने गरी अराजक हुनुपर्छ र ?
तस्वीरहरु/राज श्रेष्ठ र अमुल थापा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us