केजरीवालको राजीनामापछि को आउला आदमी नेतृत्वमा ?

काठमाण्डु टुडे २०७१ फागुन २० गते ११:४३ मा प्रकाशित

kejariwal
काठमाण्डु, १८ फागुन- पछिल्लो समयमा भारतमा चर्चाको शिखरमा रहेका  आम आद्मी पार्टीका संयोजक अरबिन्द केजरीवालले पार्टीको संयोजक पदबाट राजीनामा दिएका छन् । केही समयअघिमात्र दिल्ली विधानसभाको निर्वाचनमा बहुमत प्राप्त गरी मुख्यमन्त्री समेत रहेका केजरीवालले बुधबार संयोजक पदबाट राजीनामा दिएको अन्तर्राष्टिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
पछिल्लो समयमा पार्टीभित्र देखिएको आन्तारिक विवादका कारण पार्टी नेतृत्वबाट राजीनामा दिएको अनुमान गरिएको छ । पार्टीको आन्तारिक विवाद हल गर्न डाकिएको कार्यकारिणी समितिको बैठकमा उनले राजीनामा दिएका थिए । पछिल्लो समयमा सो पार्टीभित्र दुई मुख्य नेता प्रशान्त भुषण र योगेन्द्र यादवले केजररीवालको कामप्रति असुन्तुष्टि जनाएको खबर बाहिर आएको थियो ।
केही महिना अघि भएको दिल्ली विधानसभाको निर्वाचनमा बहुमत प्राप्त गरेपछि दिल्ली सरकारकाृ नेतृत्व गरिरहेको सो पार्टीको २१ सदस्यीय कार्याकारणी समितिको बैठक बुधबारबाट सुरु भएको छ । केजरीवालको राजीनामापछि सो पार्टीको नेतृत्वमा को आउने भन्ने निक्र्योल भइनसकेको सञ्चारमाध्यामहरुले जनाएको छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us