साँझ ५ बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडान रद्द

काठमाण्डु टुडे २०७१ फागुन २० गते ९:५६ मा प्रकाशित

Tribhuban-International-airport-Kathmandu
काठमाण्डु,२० फागुन- टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बुधबार साँझ ५ बजेसम्मका लागि सबै अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ ।

विमानस्थलले बुधबारको आन्तरिक उडान भने केही समयअघि सुरु गरिएको छ । विमानस्थलस्थित नागरिक उड्यन कार्यालयका प्रबन्धक पूर्ण चुडालका अनुसार सुरक्षाका दृष्टिकोणले विमानस्थलको धावन मार्ग अवरोध भएका कारण उडान रद्द गर्नु परेको हो ।

उडान रद्द गरेपछि विभिन्न देशमा जान विमानस्थल पुगेका यात्रु फर्कन थालेका छन् । अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका २७ वटा विमान काम्पनीले आफ्ना यात्रुलाई होटल फर्काएका छन् ।

टर्कीको इस्तानबुलबाट २२७ यात्रु बोकेर काठमाडौँ आएको टर्किस एयरलाइन्सको उडान नम्बर टिके ७२६ को विमान बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ०२ ९दक्षिणतर्फबाट० अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो ।

विमानस्थल कार्यालयका अनुसार वायुयानको बायाँपट्टि घाँस क्षेत्रमा गई एक हजार मिटर सिधा उत्तरतर्फ गुड्दै धावनमार्ग र ट्याक्सी वे को बीच क्षेत्रमा विमान रोकिएको छ ।

दुर्घटनालगत्तै विमानस्थलस्थित उद्धार तथा अग्नि निवारक सेवाद्वारा वायुयानमा कुनै पनि प्रकारको आगजनी हुनबाट रोकिएको कार्यालय प्रेस विज्ञप्तिमार्फत जनाएको छ । कार्यालयले उक्त घटनामा परी कुनै पनि मानवीय क्षति नभएको स्पष्ट पारेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us