हेलम्बु म्याराथुन फेस्टिभल हुँदै

काठमाण्डु टुडे २०७१ फागुन २० गते ८:०७ मा प्रकाशित

myarathun

मेलम्ची,२० फागुन– सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय स्थलका रुपमा परिचित हेलम्बुमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन लागि चैत ७ गते हेलम्बु म्याराथुन फेस्टिभल हुने भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको सहभागितामा हुन लागेको साहसिक खेलकुदका लागि स्थानीय युवाको जोड रहेको बताइएको छ । किउलको शेर्माथानबाट सुरु हुने फुल म्याराथुन सिङ्गो हेलम्बु क्षेत्र परिक्रमा गरेर किउलको सोही क्षेत्रमा आई टुङ्गिनेछ । हेलम्बुलाई थप प्रमु्ख पर्यटकीय स्थल बनाउनका लागि यो अभियान सुरु गर्न लागिएको हो ।

हिमालयन स्पोर्ट्स क्लबको आयोजनामा हुन लागेको म्याराथुनमा देशविदेशका गरी २ सय जनाको सहभागिता हुने आयोजकले जानकारी दिएका छन् । आउँदो चैत ७ गते हुने फेस्टिभलका लागि आयोजकले दर्ता खुलाइसकेको छ ।
जिल्लामा भएकामध्ये हालसम्मकै सर्वाधिक पुरस्कार राशिको सो प्रतियोगितामा पाँच किलोमिटर दौड, माउन्टेन बाइकलगायत खेल सञ्चालन हुने आयोजकले बताएको छ । हेलम्बु म्याराथुन फेस्टिभल–२०१५ ले हेलम्बु क्षेत्रको सांस्कृतिक तथा धार्मिक प्रवद्र्धनमा सहयोग पुग्ने प्रतियोगिताका अर्का अभियन्ता जिमी लामाले बताए ।

उनी भन्छन्, हामी हेलम्बुमा रहेका सम्पदा विश्वसामु चिनाउन चाहन्छौँ । प्रतियोगितामा विदेशीहरु पनि सहभागी हुने भएकाले पर्यटन प्रर्वद्धनका लागि सहयोग हुनेछ, आयोजकले म्याराथुनमा सबैलाई सहभागिताका लागि अनुरोध गरेको समेत उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us