विपक्षी मोर्चालाई पुन: वार्तामा आउन सत्तापक्षकाे आग्रह

काठमाण्डु टुडे २०७१ फागुन १९ गते १४:३८ मा प्रकाशित

Baluwatar

काठमाण्डु, १९ फागुन– मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेका सत्तारुढ दल काँग्रेस र एमालेले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चालाई पुन: वार्तामा बस्न आग्रह गरेको छ ।
काँग्रेस र एमालेका शीर्ष नेताहरुको उपस्थितिमा सम्पन्न सो बैठकले विपक्षी दललाई गम्भीरता पूर्वक वार्ता बसी संविधान निर्माणको यात्रामा सहभागी हुन आग्रह गरेका हुन् ।
बैठकले विपक्षी मोर्चासँगको वार्ता प्रक्रियालाई गम्भीरतापूर्वक अघि बढाउने निश्कर्ष समेत निकालेको र संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई छिटो संविधानसभा बैठक बोलाउन आग्रह समेत गरेको बालुवाटार श्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us