पहिरोले पुरिएर बाबुआमा र छोरीको मृत्यु

काठमाण्डु टुडे २०७१ फागुन १९ गते १२:४१ मा प्रकाशित

कालिकोट, १९ फागुन– अबिरल बर्षातको कारण थिर्पु–५ बेसनकोटमा मंगलबार पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।
माथिबाट पहिरो आई घर पुरिंदा ३६ बर्षीय दलबहादुर रोकाय, उनकी ३४ बर्षीया श्रीमती मिनासरा र ७ बर्षीया छोरी सावित्रीको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us