ओलीको जिल्ला पुगेर प्रचण्डले भने ‘बहुमतीय तरबार र भोटेताल्चा हटाऊ’

काठमाण्डु टुडे २०७१ फागुन १८ गते १३:३५ मा प्रकाशित

prachandaझापा, १८ फागुन–एमोवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमतीय प्रक्रिया रोकेर वार्ताको वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् ।

सोमबार एमाले अध्यक्ष केपी ओलीको गृह जिल्ला झापामा बि एण्ड सि टिचिङ अस्पतालको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सत्तारुढ दलले माघ १० गते राति बहुमतीय तरबार देखाएकोले आफूहरु डराएर बाहिर निस्केको र संविधान निर्माणको प्रक्रिया अवरुद्ध भएको बताएका छन् । उनले सरकारमा रहेका दलहरुले संविधान निर्माण प्रक्रियामा भोटेतल्चा लगाएर माओवादीले संविधान निर्माणमा अवरोध ग¥यो भन्नु आश्चर्यजनक भएको बताए ।

कांग्रेस–एमालेले यी अवरोधहरु हटाए आफूहरु जुनसुकै समयमा पनि वार्ता गर्न तयार रहेको उनको भनाइ थियो ।

प्रचण्डले संविधान निर्माणका लागि भनेर लचकतापूर्वक सेना समायोजन गरेको दललाई संविधान निर्माण पक्रियाको विरोधी भन्नु उदेक लाग्दो विषय भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us