युक्रेन हिंसामा मारिने छ हजार पुगे

काठमाण्डु टुडे २०७१ फागुन १८ गते ११:२५ मा प्रकाशित

जेनेमा, १८ फागुन– पूर्वी युक्रेनमा जारी रहेको हिंसामा परी मारिनेको सङ्ख्या कम्तीमा पनि छ हजार पुगेको समाचारमा जनाइएको छ ।

ucrain

गएको अप्रिल महिनादेखि युक्रेनमा हिंसा जारी रहेको छ । पूर्वी युक्रेनमा जारी रहेको सो हिंसामा परी अरु हजारौँ घाइते भएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकारसम्बन्धी आयोगका प्रमुख जइद राद अल हुसेनले सो विषयमा जानकारी दिए ।

उहाँले गएको वर्षदिनमा पूर्वी युक्रेनमा भएको हिंसाका क्रममा कम्तीमा पनि छ हजार व्यक्तिले ज्यान गुमाउनुपरेको जानकारी दिएका हुन्।
पूर्वी युक्रेनमा गत हप्तादेखि युद्धविरामको प्रस्ताव गरिएको छ । तर पनि सो प्रस्ताव बमोजिम युद्धविराम भने हुन सकिरहेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us