चट्याङले रेडियो चोमोलोङ्माका ४ सञ्चारकर्मी घाइते

काठमाण्डु टुडे २०७१ फागुन १८ गते ११:०८ मा प्रकाशित

solukhumbu_district

सोलुखुम्बु,१८ फागुन– सोमबार अपराह्न परेको चट्याङका कारण सोलुखुम्बुको काँगेलमा दुई सञ्चारकर्मीसहित चारजना घाइते भएका छन् ।

काँगेलडाँडामा पेल्ट्रिकसेटमा खसेको चट्याङले रेडियो चोमोलोङ्माका कार्यक्रम प्रमुख हरिजङ्ग थापा, प्रविधिज्ञ चन्द्रबहादुर राईसहित काँगेल–८ निवासी गोमा थापा र सुशीला कार्की घाइते भएका रेडियो चोमोलोङ्माका स्टेसन म्यानेजर भोजराज कार्कीले जानकारी दिए ।

घाइतेहरुको अहिले इलाका अस्पताल कार्यालय काँगेलमा उपचार भइरहेको छ ।

यता चट्याङका कारण रेडियो चोमोलोङ्मा ९५।२ मेगाहर्जको नियमित प्रसारणसमेत बन्द भएको छ ।

चट्याङका कारण काँगेल गाविका केही घरमा समेत सामान्य क्षति पुगेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us