नेपाली बालकमाथि यौन दुराचार गर्ने क्यानडियनलाई १० वर्ष जेल सजाय

काठमाण्डु टुडे २०७१ फागुन १८ गते २:०३ मा प्रकाशित

jailकाठमाण्डु,१८ फागुन – नाम अर्नेस्ट फेनविक म्याक्लन्तोस । वर्ष ७१ । नागरिक क्यानेडियन । उनको परिचय यतिमा मात्र सीमित छैन । अपराध दुनियाँमा उनको बेग्लै विशेषता छ । कमजोर, त्यसमा पनि नाबालकलाई प्रभाव पार्ने र अप्राकृतिक मैथुन (बाल यौन दुराचार) गर्ने उनको सोख हो ।
क्यानडामा मात्र उनीविरुद्ध बालकमाथि अप्राकृतिक मैथुनका ४३ मुद्धा दर्ता भए । नेपालमा पनि उनी यतिबेला फन्दामा मात्र परेनन्, अब ८१ वर्षको उमेर सम्म उनले नेपाली जेलमा बिताउनु पर्नेछ ।
ललितपुर जिल्ला अदालतले एक अपांगता भएका १५ वर्षीय बालकमाथि अप्राकृतिक मैथुन गरेको प्रमाणित गर्दै आइतबार १० वर्ष कैद र १५ लाख रुपैँया क्षतिपुर्ति तिर्नुपर्नेछ ।
राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us