अभिनेत्री सोनम कपुरलाई स्वाइन फ्लु

काठमाण्डु टुडे २०७१ फागुन १७ गते ४:५० मा प्रकाशित

sonam kapurएजेन्सी–बलिउड नायिका सोनम कपुरलाई स्वाइन् फ्लु भएको छ ।

 

स्वाइन् फ्लुले थलिएपछि उनी अस्पताल भर्ना भएकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार उनको राजकोट स्टलिग अस्पतालमा उपचार भइरहेको छ ।

चिकित्सकले उनको स्वास्थ्य परीक्षण रिपोर्टमा स्वाइन फ्लु जिवाणु भेटिएको पुष्टि गरेका छन् ।

उपचारमा संलग्न डा. चिराग मत्रवद्याका अनुसार सोनमको स्वास्थ्यमा सुधार देखिएको छ । सोनम चलचित्र ‘प्रेम रतन धन पायो’ को छायाँकनमा व्यस्त रहेका बेला स्वाइन फ्लु भएको हो । उनी केही साता पहिले पनि अस्पताल भर्ना भएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us