‘नाइ नभन्नु ल ३’को गित प्रदर्शन

काठमाण्डु टुडे २०७१ फागुन १६ गते ९:४३ मा प्रकाशित

काठमाण्डु– नेपाली चलचित्र ‘नाइ नभन्नु ल ३’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘कम्मर माथि पटुकी’ बोलको नयाँ गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । यो गीतलाई प्रल्हाद तिमिल्सिना र मलिना राईले गाएका छन् भने शब्द सङ्गीत बसन्त सापकोटाको रहेको छ ।

Capture
फिल्ममा अनुभव रेग्मी, प्रियङ्का कार्की, आर्यन सिग्देल, सुरज सिंह ठकुरी, सञ्चिता लुइटेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
फिल्मको निर्देशन मुस्कान ढकालको रहेको छ भने विकास आचार्यले यो फिल्म निर्माण गरेका हुन् । ‘नाइ नभन्नु ल २’ ले राम्रो व्यापार गरेपछि यसको अर्को भाग ल्याउन लागिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us