दक्षिण कोरिया जाने स्की खेलाडीको विदाई

काठमाण्डु टुडे २०७१ फागुन १५ गते ९:५० मा प्रकाशित

काठमाण्डु, १५ फागुन– नेपाल स्की एशोसियशनले आगामी मार्च १ देखी ५ तारिकसम्म दक्षिण कोरियामा हुने २४ औँ एसियन स्की च्याम्पीयनशिपमा भाग लिने खेलाडीहरुलाई विदाई गरेको छ ।

sky game
शुुक्रबार त्रिपुरेश्वरमा रहेको जिङगल रेस्टुरेन्टमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सफलताको शुभकामनासहित च्याम्पियनशिपमा भाग लिने ५ खेलाडीलाई विदाई गरेका हुन् । यसपटकको च्याम्पियनशिपमा नेपालको तर्फबाट विवश लामा, टेम्वा लामा शेर्पा, प्रवीण कर्माचार्य, सफलराम श्रेष्ठ र प्रगुन महर्जनले सहभागिता जनाउने एशोसियशनका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए । टोलिको प्रशिक्षक रामप्रसाद गुरुङ र नेतृत्व विजय श्रेष्ठले गर्ने एशोसियशनले जनाएको छ ।
विदाई कार्यक्रममा मन्त्री पौडेलले नेपाल हिमालको देश भएपनि स्की खेलको विकास हुन नसक्नु आश्चर्यजनक भएको वताउनुभयो । उहाँले सरकारले विकासको राम्रो सम्भावना रहेका खेलहरुलाई आगामी वजेटमा प्राथमिकता दिने जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us