यी हुन् कंगाल देशका खरबपति राष्ट्रपति

काठमाण्डु टुडे २०७१ फागुन १५ गते ९:२७ मा प्रकाशित

president_abdrabbuh_mansour_hadi_yemen_624x351_afpएजेन्सी, १५ फागुन– संयुक्त राष्ट्र संघका विशेषज्ञका अनुसार यमनका पूर्वराष्ट्रपति सालेहले सत्तामा हुँदा र त्यसपछि गरेर ६२ अरब डलर सम्पत्ति जोडेका छन् ।

उनले आफ्नो अधिकांश संम्पत्ति अरुका नाममा नामसारी गरेका छन् ।

मध्यपूर्वका देशहरुमा यमन सबैभन्दा गरिव देश मानिन्छ । त्यहाँ भइरहेको राजनीतिक संकटका पछाडि धेरैजसो सलेहकै हात रहेका मान्दछन् । उनीहरुले सलेहले त्यही संकटबाट कमएको आरोपसमेत लगाएका छन् । तर सलेहले आफूले भ्रष्टचार गरेको भन्ने कुरा इन्कार गर्दछन् ।

उनले ३३ वर्षसम्म यमनको सत्ता सम्हालेका थिए । २०११ अरब राष्ट्रमा सुरु भएको विवाद पछि सत्ता छोडनु परेको थियो ।

ali_abdullah_saleh_624x351_apसंघको रिपोर्ट अनुसार उनले विभिन्न क्षेत्रमा लगानी गरेका छन् भने उनको सम्पत्ति २० विदेशी राष्ट्रमा समेत रहेको छ । रिपोर्टमा भनिएको छ कि यो सम्पत्ति उनले रष्ट्रपतिको पदमा रहँदा भ्रष्टचार गरेर र ग्यास र तेलमा दलाली गरेर कमाएका हुन् ।

रिपोर्टमा लगाइएको आरोप अनुसार गैरकानुनी गतिविधि गरेर तीन दशकमा उनले प्रतेक वर्ष दुई अरब डलर जुटाएका हुन् ।

यमनका अर्थविद उनको सम्पत्ति यमन फिर्ता ल्याउनेहो भने यमनको आर्थिक समस्या कम हुने बताउँछन् ।

वर्तमान यमन सरकारले उनलाई देशमै रहने आदेश जारी गर्न सक्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us