‘दुई कुरामा मात्र सहमति हुन बाँकी छ’:जवरा

काठमाण्डु टुडे २०७१ फागुन १५ गते ८:०६ मा प्रकाशित

 

शरद रेग्मी/दाङ १५ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शंसेर जवराले सहमतिमै नयां संविधान जारी हुने बताएका छन् । उनले विपक्षि ३३ दलको राजधानीमा शनिबार हुने प्रदर्शन पछि फेरी वार्ता संवाद गरेर सहमतीमै नयां संविधान जारी गर्ने बताएका छन् ।

Pashupati-Shumsere-JBR-w

रिपोटर्स क्लव नेपाल जिल्ला शाखा दाङले दाङको तुलसीपुरमा शक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सहमती टाढा नभएको पनि दावी गरे ।

उनले भने, ‘धेरै विषयमा सहमति भैसकेको छ, दुईवटा कुरामा मात्रै सहमती हुन बांकि छ, त्यो पनि प्रक्रियामा गएर सहमति खोज्न सकिन्छ ।’

ती दुइ विषय भनेको पुर्वितराइका ५ जिल्लालाई तराइमा राख्नेकि पहाडम भन्ने र अर्को विवाद भनेको शक्तिको बांडफांड भएको भन्दै ती बिवादलाई पनि वार्ता र संवादबाट मिलाउन सकिने उनले दावी गरे ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us