मुलुकमा गुणस्तरीय शिक्षाको खाँचो छः आचार्य

काठमाण्डु टुडे २०७१ फागुन १५ गते ७:११ मा प्रकाशित

Narahari-Acharyaकाठमाण्डु,१५ फागुन– कानुन न्याय,संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले वर्तमान समयमा गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेकामा जोड दिएका छन् ।

एक्टिभ स्कुलमा आयोजित ‘नलेज फेयर’ कार्यक्रम तथा विज्ञान प्रयोगशालाको उद्घाटन गर्दै उनले गुणस्तरीय शिक्षाबिना देश विकास सम्भव नभएको बताए ।

देशको अधिकांश भेगमा विद्यालयको पहुँच पुगेकाले शिक्षा क्षेत्रमा देशले ठूलो फड्को मारेको बताउँदै देशका धेरैजसो विद्यालयमध्ये कतै शिक्षकको अभाव र कतै विद्यार्थीको सङ्ख्या कम भएकाले यसलाई समायोजन गराउनुपर्ने धारणा आचार्यले राखे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा गोपीलाल न्यौपानेले विद्यार्थीको अन्तरनिहीत क्षमता प्रस्फूटन गर्न ‘नलेज फेयर’ आयोजना गरिएको बताए ।

विद्यार्थीको ज्ञान,सीप र क्षमतामा धेरै सहयोग पु¥याउने उद्देश्यले आयोजित सो प्रर्दशनीमा ३ कक्षादेखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीले निर्माण गरेका विज्ञानका सामग्रीहरुको ४५ वटा कक्ष राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us