विद्यालय जान मुस्किलकै कारण पढाइ छोड्नुपर्ने

काठमाण्डु टुडे २०७१ फागुन १५ गते २:४१ मा प्रकाशित

सिन्धुपाल्चोक, १५ फागुन – सिन्धुपाल्चोक जिल्लाको सेलाङस्थित तामाङ समुदाय रहेको सेप गाउँमा ३३ घरधुरी छन् । सेपगाउँकी सुकमाया विकले कक्षा ४ को किताब नै हेर्न पाइएन् ।

सेपगाउँ प्राविबाट कक्षा ३ पास गरेपछि उनले पढाइलाई रोक्नुप¥यो । विद्यालय जाने उमेरमा अहिले उनको हातमा कलमको सट्टा नाम्लो र पिठ्यूँमा ढुङ्गा हुने गर्दछ । गाउँमा कक्ष ३ सम्म मात्रै पढाइ हुने भएकाले उनी कक्षा ४ पढ्नबाट वञ्चित भएकी हुन् ।

कक्षा ४ पढ्न चार घन्टा पैदल हिँड्नुपर्ने भएकाले सुकमायाकै उमेरका १०÷१२ जना बालिबालिका गाउँमै ढुङ्गा बोक्न बाध्य छन् ।  यो गाउँका बालबालिका ४ कक्षा पढ्न जङ्गल, खोला र भिरको बाटो भएर जोखिम मोल्दै टाढा जानुपर्ने बाध्यता भएकाले पढाइलाई बीचमै छाड्ने गरेका छन् ।

गाउँकै विद्यालयमा कक्षा ३ पास गरेपछि यहाँबाट भोटेसेलाङस्थित पाँचपोखरी प्राविमा कक्षा ४ पढ्न जानुपर्छ । विद्यालय टाढा भएकै कारण विद्यालय नजाँदा यो गाउँमा कक्षा ८ पास गरेका कोही छैनन् । कक्षा ३ सम्म पढेपछि अर्को विद्यालयमा विद्यार्थी पढ्न जाने नगरेको सेपगाउँ प्राविका प्रधानाध्यापक सहदेव कार्कीले बताए । “हामी गाउँमा गएर विद्यालय जानुपर्छ भनेर सम्झाउँछौँ, उनीहरु मान्दैनन्”–कार्की भने–“विद्यालय टाढा भएकाले यस्तो समस्या आइरहेको छ ।”

उहाँले स्थानीय अभिभावक, विद्यालय व्यवस्थापन समिति र विद्यालयको पहलमा गाउँकै विद्यालयलाई स्तरउन्नति गरी ५ सम्म सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए। शिक्षाबाट विद्यार्थीलाई वञ्चित नगराउन विद्यालयलाई स्तरोन्नति गर्न लागिएको हो ।

उनले भने–“यहाँको विद्यालयलाई कक्षा ५ सम्म सञ्चालन नगरे गाउँमै ४ पढेको कोही नहुने अवस्था आइसक्यो ।” विद्यालय नजाने भएपछि यहाँका बालबालिका घरमै गाईवस्तु चराउने, ढुङ्गा बोक्ने गर्छन् । कतिपय विद्यार्थी पढाइ छाडेर कामका लागि बाहिर पनि गएका छन् । अभिभावक सोवले तामाङले विद्यालय टाढा भएकाले बालबालिकाले पढ्न नपाएको गुनासो गरे।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us